काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १४५ जनाको मृत्यु भएको छ ।
नेपालमा कोभिड–१९ संक्रमणका कारण पछिल्लो चौबीस घण्टामा १४५ जनाको मृत्यु भएको छ भने ६ हजार ७१४ जना संक्रमित थपिएका छन् । ६ हजार ७१६ संक्रमणमुक्त भएका छन् ।
त्यस्तै नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या एक लाख १७ हजार ७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
काठमाडौैं उपत्यकामा जम्मा १ हजार ४९३ जना संक्रमित थपिएका छन् ।
जसमध्ये काठमाडौैंमा १ हजार १४९, ललितपुरमा २४१ र भक्तपुरमा ११३ जना नयाँ संक्रमित थपिएका हुन् ।