उत्तरी नाइजेरियामा बन्दूकधारी एक समूहद्वारा विद्यालयमा आक्रमण

उत्तरी नाइजेरियामा बन्दूकधारी एक समूहद्वारा विद्यालयमा आक्रमण

२०७७, मंसिर २८ आइतवार

  • 1.8K
    SHARES

  • उत्तरी नाइजेरियामा बन्दूकधारी एक समूहद्वारा विद्यालयमा आक्रमण

    मंसिर २८, लागोस ।

    बन्दूकधारी एक समूहले नाइजेरियाको एक माध्यमिक विद्यालयमा आक्रमण गरेको नाइजेरियाको प्रहरीले जानकारी गराएको छ ।

    उक्त समूहले आक्रमण गरेपछि विद्यालयमा रहेको सयौँ विद्यार्थी भागेर जीवन रक्षा गरेका बताइएको छ भने केहीलाई अपहरण गरी लगेको आशङ्का अधिकारीहरूले गरेका स्थानीय नागरिकले बताएका छन् ।

    मोटरसाइकलमा आएको सशस्त्र समूहले विज्ञान विषयको पढाइ हुने एक सरकारी विद्यालयमा स्थानीय समय अनुसार साँझ आक्रमण गरेका थिए ।

    “सशस्त्र लुटेराको उक्त समूह रातिमा विद्यालयमा पसी विद्यार्थीलाई अपहरण गर्न खोजेको तर सेनाको सहयोगमा सुरक्षाकर्मीले करिब डेढघण्टा लामो प्रतिकार गरेपछि फर्किएको थियो,”प्रहरी प्रवक्ता इशा ग्याम्बोले बताए ।   

    प्रहरीले घटनामा के कति क्षति भयो भन्नेबारे केही बताएको छैन । प्रहरीका अनुसार कोही विद्यार्थीलाई अपहरण गरी लगेको वा नलगेको भन्ने विषयमा खोजी कार्य भइरहेको छ ।

    अहिलेसम्म आक्रमणपछि भागेका करिब २०० आवासीय विद्यार्थी विद्यालयको सम्पर्कमा आइसकेका छन् ।

    आक्रमणकारीले केही विद्यार्थीलाई अपहरण गरी लगेका छन् तर सङ्ख्या भने एकीन नभएको स्थानीय प्रत्यक्षदर्शीले उल्लेख गरेका छन् । 

    स्थानीय सञ्चारमाध्यमले पनि केही विद्यार्थीहरू अपहरणमा परेको बताएका छन् । -एजेन्सी । 

    २०७७, मंसिर २८ आइतवार०६:४१:४६
    प्रतिक्रिया
    सम्बन्धित समाचार