महिला टी २० विश्वकपको एसिया छनोट मलेसियामा हुने

महिला टी २० विश्वकपको एसिया छनोट मलेसियामा हुने

२०७७, मंसिर २८ आइतवार

  • 2.5K
    SHARES

  • महिला टी २० विश्वकपको एसिया छनोट मलेसियामा हुने

    मंसिर २८, काठमाडौं ।

    नेपालले खेल्ने महिला टी २० विश्वकप क्रिकेटको एसिया छनोट मलेशियामा हुने भएको छ ।

    नेपालसहित भुटान, चीन, कुवेत, हङकङ, म्यानमा, युनाइटेड अरब इमिरेट्स (युएई) र मलेसिया सहभागी हुने सो प्रतियोगिता सेप्टेम्बर २० देखि २६ तारिखसम्म सञ्चालन हुनेछ ।

    अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सन् २०२३ मा आयोजना हुने महिला टी २० विश्वकप क्रिकेटका लागि खेल तालिका सार्वजनिक गरेको हो । 

    महिला टी २० विश्वकप क्रिकेट प्रतियोगिता सन् २०२३ को फेब्रुअरी ९ देखि २६ तारिखसम्म दक्षिण अफ्रिकामा हुनेछ ।

    पाँच महादेशको क्षेत्रीय छनोट सन् २०२१ को अगष्टदेखि शुरु हुने आइसिसीले जनाएको छ । छनोटमा पाँच महादेशका ३७ देश सहभागी हुनेछन् ।

    छनोट प्रतियोगिता पाँचवटै महादेशमा गराइने एसिसीले जारी गरेको सूचनामा उल्लेख छ । 

    २०७७, मंसिर २८ आइतवार०७:०६:३७
    प्रतिक्रिया
    सम्बन्धित समाचार