काठमाडौं । कोरोना महामारीको चेन ब्रेक गर्न आजदेखि लकडाउनमा थप कडाई गरिएको छ । मानविय गतिविधिका कारणले भाइरस नियन्त्रण नभएको निश्कर्ष निकाली सरकारले थप कडाई गर्ने निर्णय गरेको हो ।
निषेधाज्ञा थपिएसँगै खाद्यान्न पसल बन्द हुने भएपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले काठमाडौं उपत्यकामा घरमै खाद्यान्न पुर्याउने भएको छ ।
आज जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना जारी गर्दै उपत्यकामा बस्ने उपभोक्तालाई खाद्यान्न अभाव भएमा ती निकायको नम्बरमा सम्पर्क गरेपछि होम डेलिभरीको व्यवस्था मिलाइएको जनाएको छ ।
सरकार मातहतका उक्त निकायले तेल, नून, चामल, दाल, चिनीलगायत सामग्री घरमा पुर्याइदिने छन् । खाद्यान्न अभाव भएमा मोबाइल भ्यानमार्फत पुर्याइने प्रशासनको सूचनामा उल्लेख छ ।
हेर्नुहोस् सुचना :
