नयाँदिल्ली । भारतमा कोरोना भाइरसका नयाँ संक्रमितको संख्या डेडमहिनायताक सबैभन्दा कम देखिएको छ ।
भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाका एक लाख ८६ हजार ३६४ नयाँ संक्रमित थपिएका छन् ।
उक्त अवधिमा भारतमा कोरोना संक्रमणको कारण ३ हजार ६६० जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या २ करोड ७५ लाख ५५ हजार नाघेको छ ।
त्यस्तै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या पनि ३ लाख १८ हजार ८९५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा भारतको तामिलनाडुमा सबैभन्दा धेरै ३३ हजारभन्दा धेरै संक्रमित थपिएका छन् भने सक्रिय संक्रमितको संख्या पनि २२३ लाख ४३ हजार रहेको छ । -एजेन्सी