काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ९६ जनाको मृत्यु भएको छ भने ६,९५१ जनामा संक्रमण पुष्टि भएको छ ।
यससँगै कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ९,८४१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
जम्मा १९ हजार ३१३ पीसीआर परीक्षणमा ६ हजार ८५५ र ७९७ एन्टिजेन परीक्षणमा ९६ जना गरी ६ हजार ९५१ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको जम्मा संख्या ५ लाख ४९ हजार १११ पुगेको छ भने सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ३९४ मा रहेको छ ।