चागुँनारायणमा विश्वकै अग्लो त्रिशुल निर्माणको शिलान्यास

चागुँनारायणमा विश्वकै अग्लो त्रिशुल निर्माणको शिलान्यास

२०७७, मंसिर २८ आइतवार

  • 1.9K
    SHARES

  • चागुँनारायणमा विश्वकै अग्लो त्रिशुल निर्माणको शिलान्यास

    मंसिर २८, भक्तपुर । 

    भक्तपुरको चाँगुनारायण नगरपालिका–५ त्रिशुलडाँडामा विश्वकै अग्लो त्रिशुल स्थापना भएको छ । महाँकाल त्रिशुलडाँडा उपभोक्ता विकास समितिले महाँकाल त्रिशुलडाँडा परिसरमा शनिवार आयोजना गरेको कार्यक्रममा नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले निर्माणाधीन त्रिशुलको शिलान्याश गरे । 

    उनले संविधानले नै हिन्दू धर्मलाई संरक्षण गरेका भन्दै संविधानको विपरीत जानुपर्ने कुनै कारण नभएको बताए । उनले हिन्दू धर्मलाई जोडेर राजाका नारा लगाउनु व्यर्थ भएको भनाइ राखे ।

    त्रिशुलडाँडामा कूल रु चार करोड ४२ लाख ११ हजार ९१३ लागतमा १२१ फिट अग्लो त्रिशुल र ५५ फिट अग्लो गुरु गोरखनाथ मन्दिर स्थापना हुने भएको छ । करिब नौ महिनामा त्रिशुल निर्माण सम्पन्न गरिने लक्ष्य राखेको छ ।

    २०७७, मंसिर २८ आइतवार०७:२८:०१
    प्रतिक्रिया
    सम्बन्धित समाचार