वातावरण जोगाउन चालिस माइक्रोनभन्दा पातला प्लाष्टिकमा प्रतिबन्ध

वातावरण जोगाउन चालिस माइक्रोनभन्दा पातला प्लाष्टिकमा प्रतिबन्ध

२०७८, जेठ १५ शनिवार

  • 1.4K
    SHARES

  • वातावरण जोगाउन चालिस माइक्रोनभन्दा पातला प्लाष्टिकमा प्रतिबन्ध

    काठमाडौं । सरकारले वातावरण प्रदुषण नियन्त्रण गर्न आगामी आर्थिक वर्षदेखि ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकमा प्रतिबन्ध लगाउने भएको छ ।

    अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सार्वजनिक गर्नुभएको आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा सो घोषणा गर्नुभएको हो ।

    साथै विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गरिने उहाँले बताउनुभयो । आगामी आवमा चुरे तथा तराई मधेस क्षेत्रमा एक करोड ५० लाख विभिन्न प्रजातिका विरुवा रोपिने अर्थमन्त्री पौडेलले जानकारी दिनुभयो ।

    त्यस्तै चुरे कार्यक्रमअन्तर्गत १६४ नदी प्रणालीमा भूक्षय नियन्त्रणका कार्यक्रम गरिनेछ ।

    २०७८, जेठ १५ शनिवार०५:३५:०२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार