विपन्न हुम्लीलाई खाद्यान्न सहयोग

विपन्न हुम्लीलाई खाद्यान्न सहयोग

२०७७, मंसिर २८ आइतवार

  • 2.0K
    SHARES

  • विपन्न हुम्लीलाई खाद्यान्न सहयोग

    मङ्सिर २८,सिमकोट ।

    हिमाली जिल्ला हुम्लामा पछिल्लो समय व्यक्तिगतरुपमा दलित तथा विपन्न परिवारलाई खाद्यान्न सहयोग गरिएको छ ।   जिल्लाका सातवटै गाउँपालकिामा रहेका ती घरपरिवारलाई टसी फुञ्जोक लामा र सुस्मा गुरुङले  सहयोग गरेका  हुन्।

    उनिहरु ‘हिमालयन गुगे अर्गनाइजेसन’ नामक संस्थामा कार्यरत रहेको बताइएको छ ।

    जिल्लाका ४४ वडाभित्र रहेका दलित परिवारमध्ये छनोट गरी अतिविपन्न, अशक्त, एकल महिला र अपङ्गता भएका व्यक्तिलाई खाद्यान्न सहयोग गरिएको लामाले जानकारी दिए ।

    रु ५० देखि रु ६० हजारसम्मको आर्थिक लगानीमा शनिबार दिउँसो जिल्ला सदरमुकाम सिमकोट वितरण गरिएको छ । 

    यसैबीच जुम्लामा रहेको प्राविधिक शिक्षालयमा पढ्न हिँडेका  खार्पुनाथ गाउँपालिका वडा नं १ गोप्काका प्रकाश बुढा बिरामी परेका छन् ।     

    २०७७, मंसिर २८ आइतवार०१:३१:३०
    प्रतिक्रिया
    सम्बन्धित समाचार