अमेरिकाको टेनिसीमा सेस्ना बिमान दुर्घटना, सात जनाको मृत्यु

अमेरिकाको टेनिसीमा सेस्ना बिमान दुर्घटना, सात जनाको मृत्यु

२०७८, जेठ १६ आइतवार

  • 1.2K
    SHARES

  • अमेरिकाको टेनिसीमा सेस्ना बिमान दुर्घटना, सात जनाको मृत्यु

    वासिङ्टन । एउटा सानो सेस्ना जेट बिमान शनिबार संयुक्तराज्य अमेरिकाको टेनिसी पोखरीमा दुर्घटनाग्रस्त हुँदा त्यसमा सबार सबैको मृत्यु भएको अधिकारीहरुले बताएका छन् ।

    सेस्ना सी५०१ बिमान पर्सी प्रिस्ट लेकमा शनिबार बिहान दुर्घटनाग्रस्त भएको थियो । प्रारम्भिक विवरणमा स्मिर्ना बिमानस्थलबाट उडेको केही समयभित्रै बिमान पोखरीमा खसेको उल्लेख छ । 

    उद्धारकर्मीका अनुसार बिमानमा सवार सबै सात जनाको ज्यान गएको छ । संघीय हवाई उड्डयन प्रशासनले बिमान दुर्घटनाका बारेमा अनुसन्धान शुरु भइसकेको जनाएको छ । -एजेन्सी

    २०७८, जेठ १६ आइतवार०१:२७:११

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार