भियतनाम । भियतनामले कोरोनाभाइरसको नयाँ भेरिएन्ट पहिचान गरेको छ जुन भारतीय तथा यूके भेरिएन्टको मिश्रित स्वरूपमा देखिएको र त्यो हावाबाट छिट्टै फैलने अधिकारीहरूले बताएका छन्।
भियतनामका स्वास्थ्यमन्त्री गुयन थान्ह लङ्गले पछिल्लो उत्परिवर्तनलाई शनिवार व्याख्या गर्दै त्यसलाई निकै खतरनाक बताएका हुन् ।
भाइरसहरू उत्परिवर्तन भइरहन्छन् र धेरैजसो भेरिएन्टहरू महत्त्वपूर्ण हुँदैनन् तर केहीले भने भाइरसलाई थप सङ्क्रामक बनाउँछन्।
सन् २०२० को जनवरीमा पहिलो पटक कोभिड-१९ पहिचान भएयता हजारौँ उत्परिवर्तनहरू भएका छन्।
भियतनामका स्वास्थ्यमन्त्रीका अनुसार,'भियतनामले अहिले नै रहेका सुरुमा भारत र यूकेमा देखिएका भेरिएन्टको मिश्रित गुणहरू सहितको नयाँ कोभिड-१९ को भेरिअन्ट देखेको छ।'
उनले नयाँ ठिमाहा भेरिएन्ट यसअघिका संस्करणमा देखा परेको भन्दा निकै सङ्क्रामक रहेको र त्यो खासगरी हावामार्फत फैलने बताए।
अनलाइन पत्रिका भीएनएक्सप्रेसका अनुसार उनले हालै देखा परेका बिरामीहरूमा परीक्षणहरू गर्दा उक्त भेरिअन्ट देखिएको स्वास्थ्यमन्त्री गुयनले बताएका थिए।
उनले भाइरसको यस भेरिएन्टको 'वंशाणुगत सङ्केत' छिट्टै उपलब्ध गराइने पनि बताएका छन्।
भेरिएन्टको प्रकार
- गत वर्षको अक्टोबरमा पहिलो पटक भारतमा देखा परेको बी.१.६१७.२ भेरिएन्ट यूकेरकेन्ट भेरिएन्ट (बी.१.१.७) भन्दा निकै सङ्क्रामक रहेको विज्ञहरूले बताएका छन्।
- अध्ययनहरूले फाइजर र आस्ट्राजेनेकाजस्ता खोपहरू दुई खेप लगाउँदा त्यसको असर भारतीय भेरिएन्टविरुद्ध निकै प्रभावकारी पाइएको बताएका छन्।
- खोपको एउटा मात्र मात्राबाट हुने सुरक्षा भने कम पाइएको छ।
- निकै धेरै मानिसहरूमा उत्परिवर्तन भएका भाइरसहरूले निकै गम्भीर बिमारी निम्त्याउने कुराको कुनै प्रमाण भेटिएको छैन।
एजेन्सी