काठमाडौं । नेकपा एमाले केन्द्रीय सदस्य तथा पुर्व उद्योगमन्त्री महेश बस्नेतले लडाकुका नाममा बिनियोजन भएको रकम छानबिन गर्नुपर्ने बताएका छन् ।
सोमवार राष्ट्रिय युवासंघ नेपालको दोस्रो दिनको सचिवालय बैठकमा सम्बोधन गर्दै नेता बस्नेतले भनेका छन, 'जनयुद्ध लडेका सोझा लडाकुहरु द्धन्दपिडित, घाइते, अशक्त भएर दुखमा बाँचेको देख्दा दुख लागेको छ ।'
राज्यले पठाएको अरबौं अरब रुपयाँ रकम आज कहाँ छ ? माओवादी नेता प्रचण्ड लगाएतका केहि नेता र उनका परिवारको सम्पति छानविन गर्नुपर्छ बस्नेतको भनाई छ ।
त्यसै गरि ललितानिवास काण्डमा मुछिएका व्यक्तिहरुलाई छोड्न नहुने पनि उनले बताएका छन् ।
३०० रोपनी भन्दा बढि जग्गा जब्बरजस्त रुपमा व्यक्तिका नाममा कायम गराउन संलग्न हुने तत्कालिन प्रधानमन्त्री माधव कुमार नेपाललाई पनि छानविनको दायरामा ल्याउनु पर्छ ।
तत्कालिन केहि मन्त्री र कर्मचारी मात्र कारवाहीको दायरामा ल्याएर पुग्दैन, पुर्वमन्त्री बस्नेतको जिकिर थियो ।
अहिले नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवासंघ नेपालको केन्द्रीय सचिवालय बैठक भर्चुअल विधिबाट जारी छ । बैठकले नेतृत्व हस्तान्तरण सहित, सदस्यहरुको कार्यविभाजन समेत गर्नेछ ।
हाल संघको अध्यक्षमा बचन बहादुर सिंह छन् भने सह- अध्यक्षमा किरण पौडेल रहेका छन् ।