चीनको उत्पादन क्षेत्र निरन्तर सुधारतर्फ

चीनको उत्पादन क्षेत्र निरन्तर सुधारतर्फ

२०७८, जेठ १७ सोमवार

  • 1.1K
    SHARES

  • चीनको उत्पादन क्षेत्र निरन्तर सुधारतर्फ

    बेइजिङ । कोरोनाभाइरस महामारीको सङ्कटलाई समयमै सम्बोधन गरेको चीनको उत्पादन (म्यानुफ्याक्चरिङ) क्षेत्रमा मे महिनामा सामान्य सुधार आएको एक सर्भेले देखाएको छ । 

    औद्योगिक समूह र राष्ट्रिय तथ्याँक निकायले तयार पारेको मासिक पर्चेजिङ म्यानेजर्स इन्डेक्स (पिएमआई) मा चीनको औद्योगिक उत्पादन ५१ विन्दुमा रहेको छ । ५० विन्दुभन्दा माथिको गतिविधिले औद्योगिक उत्पादन वृद्धि भइरहेको सङ्केत गर्दछ । गत अप्रिलमा यो ५१.१ विन्दुमा थियो ।

    चिनियाँ लजिस्टिक एन्ड पर्चेजिङ महासंघ र राष्ट्रिय तथ्याँक ब्यूरोका अनुसार उत्पादन र आयात बढेको छ भने सामानको अर्डर र रोजगारी केही घटेको छ । 

    महासंघले जारी गरेको वक्तव्यमा अर्थशास्त्री झाङ लिकुनले तथ्याँक विश्लेषणबाट “बजार माग अपर्याप्त” रहेको सङ्केत गर्ने बताएका छन् । 

    चिनियाँ उत्पादकहरुले अन्य मुलुकको तुलनामा सन् २०२० मा आफ्नो अर्थतन्त्र चाँडै खोलेका थिए । -एजेन्सी

    २०७८, जेठ १७ सोमवार०२:३५:४६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार