काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४ हजार ७६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुनुका साथै ११४ जनाको मृत्यु भएको छ ।
सोमबार ६ हजार ४९१ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ५५ पीसीआर परीक्षणमा ४ हजार १७८ जना र २ हजार ४२५ एन्टिजेन परीक्षणमा ५८४ जना गरी ४ हजार ७६२ जनामा संक्रमण पुष्टि भएको हो ।
हाल नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ५ लाख ६१ हजार ३०२ पुगेको छ ।
संक्रमितमध्ये ४ लाख ४७ हजार ४४६ जना संक्रमणमुक्त भइसकेका छन् भने १ लाख ६ हजार ४७० जना सक्रिय संक्रमित रहेका छन् ।
नेपालमा संक्रमणका कारण मृत्यु हुनेको जम्मा संख्या ७ हजार ३८६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।