कोरोनालाई जितिएको घोषणा अहिले नै गर्न नहुने विज्ञको दावी

कोरोनालाई जितिएको घोषणा अहिले नै गर्न नहुने विज्ञको दावी

२०७८, जेठ १८ मंगलवार

  • 945
    SHARES

  • कोरोनालाई जितिएको  घोषणा अहिले नै गर्न  नहुने विज्ञको दावी

    वासिङ्टन । अमेरिकाका वरिष्ठ सरुवा रोग विषेशज्ञ एन्टोनी फाउचीले कोरोनाभाइरसविरुद्धको लडाई अहिले नै जितिएको घोषणा गर्नु अति छिटो हुने दावी गरेका छन् । 

    सङ्क्रमण रोगसम्वन्धी अमेरिकाको राष्ट्रिय संस्थाका निर्देशकसमेत रहेका फाउचीले कोरोनाभाइरसबाट सङ्क्रमित र मृतकहरुको संख्या घटेपनि जितिसकियो भन्न अहिले नै नहुने बताएका हुन् ।

    “हामीले अहिले नै कोरोनाभाइरसविरुद्धको जित भइसक्यो भनेर घोषणा गर्न चाहदैनौँ, किनकी हामी अहिले पनि त्यससँग लडिरहेका छौँ,” उहाँनले भने ।

    तर धेरैभन्दा धेरै व्यक्तिहरुले खोप लगाइसकेको र समुदायस्तरमै खोप अभियान पुगेकोले रोगबाट सुरक्षाको अवस्था भने राम्रो रहेको उनको भनाइ छ । 

    अमेरिकी एक प्रतिष्ठित पत्रिकासँगको कुराकानीका क्रममा उनले कोरोनाभाइरसको खतरा भने पूर्ण रुपमा अन्त्य भइनसकेको उल्लेख गरेका छन् ।

    भाइरसको नयाँ नयाँ संस्करणहरु आइरहेकाले पनि खतरापूर्ण अवस्था भने रहिरहने उनले तर्क गरेका छन् । 

    अमेरिका अहिले पनि सवैभन्दा धेरै सङ्क्रमितहरु भएको मुलुकमा पर्दछ । अमेरिकामा अहिलेसम्म कुल तीन करोड ४० लाख ४३ हजार ११० जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।

    ती मध्ये छ लाख नौ हजार ५४४ जनाको मृत्यु भएको छ । -एजेन्सी

    २०७८, जेठ १८ मंगलवार०७:०७:३५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार