प्रभु लाइफको आईपीओ भोलिबाट खुल्ने

प्रभु लाइफको आईपीओ भोलिबाट खुल्ने

२०७७, मंसिर २८ आइतवार

  • 1.2K
    SHARES

  • प्रभु लाइफको आईपीओ भोलिबाट खुल्ने

    मंसिर २८, काठमाडौं ।

    प्रभु लाइफ इन्स्योरेन्सले भोलि सोमबारदेखि आईपीओ निष्कासन गर्ने भएको छ।

    यो कम्पनीले १०० रुपैयाँ अंकित दरका ६० लाख कित्ता साधारण सेयरको प्राथमिक निष्कासन गर्ने भएको हो। आईपीओमा छिटोमा पुस २ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ। सो अवधिभित्र सबै आईपीओ बिक्री भएन भने ढिलोमा पुस १३ गतेसम्म आवेदन दिनसक्ने गरी मिति तोकिएको छ।

    पछिल्लो समय नयाँ इन्स्यारेन्स कम्पनीको दोस्रो बजारमा प्रतिकित्ता रु.६०० देखि ७०० सम्म खरिदबिक्री भइरहेको छ। आईपीओ बाँडफाँड समानुपातिक ढंगले सबै आवेदकलाई वितरण हुने भएकाले ६० लाख कित्ताका लागि करिब ९ लाख आवेदन पर्ने लगभग पक्कापक्की छ। 

    प्रभु लाइफको १० कित्ता पनि गोलाप्रथाबाटै वितरण हुने भएकाले आम लगानीकर्ताहरुले १० कित्ताका लागि रु.१ हजारमात्रै आवेदन दिनु उपयुक्त हुनेछ। यद्यपि इच्छुकले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

    कुल निष्कासन हुने ६० लाख कित्तामध्ये ५ प्रतिशतले हुन आउने ३ लाख कित्ता सो कम्पनीका कर्मचारीहरुका लागि र अर्को ५ प्रतिशतले हुन आउने ३ लाख कित्ता म्युचुअल फन्डहरुका लागि र बाँकी रहेको ५४ लाख कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ।

    कम्पनीले चुक्तापुँजीको ३० प्रतिशतबराबरको सेयर सर्वसाधारणमा जारी गर्न लागेको हो। आइपीओ निष्कासनपछि कम्पनीको चुक्तापूँजी २ अर्ब रुपैयाँ पुग्नेछ। यस्तै संस्थापक र सर्वसाधारण सेयरधनीको सेयर अनुपात ७०ः३० प्रतिशत हुनेछ।

    आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ।

     

     

    २०७७, मंसिर २८ आइतवार०३:२४:२२
    प्रतिक्रिया
    सम्बन्धित समाचार