ब्रोकरको योजना अनुसार नै घट्यो, योजनामै बढ्यो नेप्से

ब्रोकरको योजना अनुसार नै घट्यो, योजनामै बढ्यो नेप्से

२०७७, मंसिर २८ आइतवार

  • 1.2K
    SHARES

  • ब्रोकरको योजना अनुसार नै घट्यो,  योजनामै बढ्यो नेप्से

    मंसिर २८, काठमाडौं ।

    आज साताको पहिलो दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। 
    आज परिसूचक ४६.४३ अंकले बढेर नेप्से २०१०.४५ विन्दुमा उक्लिएको छ। आज कारोबार रकम सामान्य बढेर पौन ५ अर्ब रुपैयाँ बढीको भएको छ। 

    समाचार स्रोतका अनुसार धितोपत्र बोर्ड र राष्ट्र बैंकको विज्ञप्ति आउने अनि बजार झार्ने योजनाका विषयमा जानकार स्टक ब्रोकरहरुले नै फोन गरेर लगानीकर्तालाई बजार घट्ने दाबी गर्र्दै सेयर बिक्री गर्न आह्वान गरेका एक लगानीकर्ताले खुलासा गरेका छन्।

    बुलिस ट्रेन्डमा कुदिरहेको ननस्टप बजार वृद्धिमा ब्रोकरहरुलाई मध्यस्थ बनाउँदै केही स्मार्ट र ठूला लगानीकर्ताले सेयर किन्ने योजनामा अघिल्लो साता बजारमा भारी गिरावट योजना मुताबिक नै ल्याइएको स्रोत जिकिर गर्छ।

    नियामक निकायहरुको सानो प्रयासले साना लगानीकर्ताभन्दा ठूला लगानीकर्ता मारमा पर्छन्। तर, नियामकका सानो कदमले ठूलालाई असर गर्नुका साटो सानालाई नै प्यानिक हुँदै सस्तोमा सेयर फाल्ने प्रवृत्ति भएकाले पनि बजार अझै घटाउने योजना रहेको समाचार स्रोतहरुको दाबी छ।

    आज नेप्से उपसमूहमा रहेका १२ समूहमध्ये ९ वटामा हरियाली छाएको छ भने ३ वटामा रातो पोतिएको छ।

    जीवन बीमा समूह सर्वाधिक ५२८.४३ अंकले उकालो लागेको छ। उत्पादन तथा प्रशोधन समूह २७२.५४ अंकले बढेको यो दिन बैंकिङमा समूह ४५.७७ अंक, विकास बैंक समूहमा ३६.७१ अंक, वित्त समूहमा ७.२२ अंक, निर्जीवन बीमा समूहमा १७४.०५ अंक, अन्य समूहमा १५.३ अंक, लघुवित्त समूहमा ५६.२९ अंक र म्युचुअल फन्ड समूहमा ०.११ अंकको बढोत्तरी भएको छ।

    आज व्यापार समूह सर्वाधिक २०.८६ अंकले ओरालो लागेको छ। जलविद्युत् समूह २८.९५ अंकले घटेको यो दिन होटेल्स् समूहमा ५.६८ अंकको गिरावट देखिएको छ।

    आज नेप्सेमा सूचीकृतमध्ये २०३ कम्पनीका ९० लाख ५० हजार १६ कित्ता सेयर ४ अर्ब ८९ करोड ९४ लाख ८४ हजार १३१ रुपैयाँमा कारोबार भएको छ।

    यो दिन नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक ६७ करोड १ लाख रुपैयाँ बढीको कारोबार भएको छ भने तीनवटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। 

    नेपाल पुनर्बीमा कम्पनीको ३५ करोड ९४ लाख रुपैयाँ बढीको कारोबार भएको आज हिमालयन डिस्टिलरीको ३० करोड ६५ लाख रुपैयाँ, माथिल्लो तामाकोशीको १८ करोड १७ लाख रुपैयाँ, चिलिमे हाइड्रोपावरको १५ करोड २८ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको १५ करोड १० लाख रुपैयाँ, एनटीसीको १४ करोड ३५ लाख रुपैयाँ, शिवम् सिमेन्ट्सको १३ करोड ३६ लाख रुपैयाँ, नबिल बैंकको १२ करोड ६५ लाख रुपैयाँ र प्रभु बैंकको १२ करोड १९ लाख रुपैयाँबराबरको कारोबार भएको छ।

     

    २०७७, मंसिर २८ आइतवार०३:४९:५२
    प्रतिक्रिया
    सम्बन्धित समाचार