नेपाली राजनीतिमा ठूलो क्षति पुगेको छ : देउवा

नेपाली राजनीतिमा ठूलो क्षति पुगेको छ : देउवा

२०७८, जेठ १८ मंगलवार

  • 1.4K
    SHARES

  • नेपाली राजनीतिमा ठूलो क्षति पुगेको छ :  देउवा

    काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विवेकशील साझा पार्टीका पूर्वसंयोजक तथा तत्कालीन विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्ज्वल थापाको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

    युवा राजनीतिकर्मी थापाको उपचारका क्रममा आज निधन भएको हो ।
     
    सभापति देउवाले आज शोक वक्तव्यमार्फत उनीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चिरशान्तिको कामनाका साथ पार्टी र आफ्ना व्यक्तिगत तर्फबाट शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

    उदीयमान युवा नेताका रुपमा आफूलाई स्थापित गर्न सफल  थापाको निधनले नेपाली राजनीतिमा ठूलो क्षति पुगेको सभापति देउवाले जनाएका छन् । 

    २०७८, जेठ १८ मंगलवार०८:०५:१८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार