काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।
पार्टी एकताका लागि माधव नेपाल पक्षका दोस्रो तहका नेताहरू योगेश भट्टराई, गोकर्ण बिष्ट र सुरेन्द्र पाण्डेसँग वार्ता चलिरहेका बेला बुधवारको बैठक आजसम्मलाई स्थगित भएको थियो ।
आजै माधव नेपाल पक्षले केन्द्रीय कमिटी बैठक राखेपछि अबको परिस्थिति हेरेर बैठक बस्नेगरि अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको हो ।
अहिले माधव नेपाल पक्षको बैठक जारी छ । बैठकमा वार्तामा सहभागि रहेर पार्टी एकताका लागि प्रयासरत नेताहरु पनि सहभागिरहेका स्रोतले बतायो ।
यता संस्थापन पक्षको बैठक आज अपरान्ह ४ बजे बस्ने भनिएको थियो । आजै एमालेले पार्टीले कारवाही गरिसकेका व्यक्तिले बोलाएको अनधिकृत बैठकमा सहभागी नहुन पार्टी विधान र मुलुकको कानून अनुसार गलत भन्दै केन्द्रीय सदस्यहरुलाई चेतावनी दिएको थियो ।