काठमाडौं । विहिवार नेप्सेले पुनः ऐतिहासिक रेकर्ड बनाएको छ ।
साताको अन्तिम कारोबार दिन आज सेयर कारोबार मापक नेप्से परिसूचक उच्च अंकले बढेर बजारमा नयाँ रेकर्ड कायम भएको हो ।
आज २९ दशमलव ५५ अंकले बढेर २ हजार ८ सय ५६ दशमलव ७७ अंकमा पुगेको छ । गत आइतबार नेप्से परिसूचक २ हजार ८ सय २७ दशमलव ९३ अंकमा पुगेर नयाँ रेकर्ड कायम भएको थियो ।
आइतबारको रेकर्ड तोड्दै नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।
नेप्से परिसूचकसँगै कारोबार रकममा समेत उल्लास देखिएको छ । बिहीबार १६ अर्ब ९० करोड रुपैयाँ भन्दा धेरैको कारोबार भएको छ ।
आज फाईनान्स र बैंकिंग क्षेत्रमा उल्लेख्य बृद्धि भयो भने अधिकांश हाइड्रोपार कम्पनिहरु गुमाउनेमा रहे ।