विश्वकप छनोटमा नेपालको प्लेइंग ११ सार्वजनिक, किरणले कप्तानी सम्हाल्दै

विश्वकप छनोटमा नेपालको प्लेइंग ११ सार्वजनिक, किरणले कप्तानी सम्हाल्दै

२०७८, जेठ २० बिहिवार

  • 1.5K
    SHARES

  • विश्वकप छनोटमा नेपालको प्लेइंग ११ सार्वजनिक, किरणले कप्तानी सम्हाल्दै

    काठमाडौं । सन् २०२२ फिफा विश्वकप र सन् २०२३ एसिया कपको दोस्रो चरणको छनोट अन्तर्गत नेपालले अहिले चाईनिज ताइपेसँग प्रतिस्पर्धा गर्दैछ ।

    कुवेतको राजधानी कुवेत सिटीमा नेपालले ताइपेबीचको खेल नेपाली समय अनुसार राति ९ः४५ बजे सुरु हुनेछ ।

    ताइपेइसँगको खेलका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपालले सुरुवाती–११ को घोषणा गरेका छन् । 
    अलमुताईरीले नेपाली टोलीलाई ४–३–३ को रणनीतिमा मैदान उतारेका छन् ।

    नेपाली टोलीको कप्तानी गोलकिपर किरण चेम्जोङले गर्ने छन् ।

    नेपाली टोलीका फरवार्डद्धय मनिष डाँगी र नवयुग श्रेष्ठलाई पहिलो रोजाईबाट बाहिर राखिएको छ । यद्यपि यो प्रशिक्षकको रणनीति पनि हुन सक्नेछ ।  दुबै खेलाडीले इराकविरुद्धको मैत्रीपूर्ण खेलमा खेलेका थिए । मनिसले गोल पनि गरेका थिए ।

    उनीहरुको स्थानमा सुनिल बल र आशिष लामाले शुरुवाती मौका पाएका छन् । 

    नेपाली टिम :
    गोलकिपर– किरण चेम्जोङ

    डिफेन्डर – रोहित चन्द, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल

    मिडफिल्डर – सुमन लामा, पुजन उपरकोटी, सन्तोष तामाङ

    फरवार्ड –अन्जन विष्ट, सुनिल बल, आशिष लामा 

    २०७८, जेठ २० बिहिवार०९:४९:४९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार