देशका अधिकांश जिल्लामा जारी निषेधाज्ञा जेठ मसान्त सम्म 

देशका अधिकांश जिल्लामा जारी निषेधाज्ञा जेठ मसान्त सम्म 

२०७८, जेठ २१ शुक्रवार

  • 1.5K
    SHARES

  • देशका अधिकांश जिल्लामा जारी निषेधाज्ञा जेठ मसान्त सम्म 

    बुटवल । देशका अधिकांश जिल्लामा जारी निषेधाज्ञा जेठ मसान्त सम्म पुर्याइएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले गरेको निर्णयका आधारमा यही जेठ ३१ गतेसम्म निषेधाज्ञा थप भएका हुन् । 

    रुपन्देहीमा आगामी जेष्ठ ३१ गतेसम्म निषेधाज्ञा थपिएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितीको बैठकले निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

    प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार खाद्यान्न पसलहरू स्वास्थ्य मापदण्ड अपनाएर प्रत्येक दिन साँझ ८ बजेदेखि बिहान ४ बजेसम्म खोल्न पाइने बाहेक अन्य नियमहरू पूर्ववत रहनेगरी व्यवस्था मिलाइएको छ । 

    निषेधाज्ञामा अवधिमा शान्ति सुरक्षा तथा सुव्यवस्था, स्वास्थ्य, खानेपानी, दूध, विद्युत्, दमकल, सञ्चार, भन्सार, क्वारेन्टिन, फोहोरमैला व्यवस्थापन, इन्धन, एम्बुलेन्स, स्वास्थ्यकर्मी, औषधि र अत्यावश्यक वस्तु तथा मालसमान ढुवानी गर्ने ढुवानीका साधन तथा अति आवश्यक सेवाबाहेक अन्य सम्पूर्ण पसल, व्यवसाय र सेवा बन्द गर्ने निर्णय भएको हो । प्रशासनले निषेधाज्ञा अवधिमा भेला, भिडभाड जम्मा हुने, मानिस भेला, जात्रा सञ्चालन गर्न, महोत्सव वा सभा जुलुस गर्न पनि निषेध गरेको छ । 

    बाजुरा जिल्लामा कोभिड संक्रमण दर धेरै नघटेकाले निषेधाज्ञालाई निरन्तरता दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताएका छन् ।  

    कोरोना संक्रमणको दर दैनिक उकालो लाग्दै गएको छ । पछिल्लो २४ घण्टामा जिल्लामा २३ नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय बाजुराका अनुसार पछिल्लो २४ घण्टामा ६४ जनाको एन्टिेजेन विधिबाट परीक्षण गरिएको थियो ।

    यससंँगै जिल्लामा कुल संक्रमित ५५२ पुगेका छन्  । जिल्लामा कोरोना संक्रमणका कारण सात जनाले ज्यान गुमाएको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कमा छ । जिल्लामा होम आइसोलेशनमा १९० र आइसोलेशनमा ११ जना छन् ।  

    हालसम्म सक्रिय संक्रमितको कुल संख्या २०१ त्था निको हुने ३४४ जना रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दयाकृष्ण पन्तले जानकारी दिए । 

    झापामा तेस्रो पटक निषेधाज्ञा थप भएको छ । विहिवार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले यही जेठ मसान्तसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

    गत वैशाख २२ गतेदेखि शुरु भएको निषेधाज्ञा एक महिना पुगेको छ । जिल्लामा संक्रमण नघटेपछि बैठकले तेस्रो पटक निषेधाज्ञा थप गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले बताए ।

    उनका अनुसार जिल्लाका राजनीतिक दल, जनप्रतिनिधिसमेत सहभागी बैठकले खाद्यान्न पसल हप्तामा दुई दिन बिहान ६ देखि ९ बजेसम्म खोल्न दिने निर्णयसमेत भएको छ । 

    कास्कीमा नयाँ भेरियन्ट सहितको कोरोना भाइरस सङ्क्रमणको फैलावट रोक्न जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा यही जेठ मसान्तसम्म थप गरिएको छ ।

    प्रशासनले आज सूचना जारी गरी जिल्लाभर लागू गरिएको निषेधाज्ञाको आदेश जेठ ३१ गते राति १२ बजेसम्म थप गरिएको जनाएको छ । 

    कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका कार्यहरु प्रभावकारी रुपमा सञ्चालन गर्न यसअघिको आदेश तथा पछिल्ला दिनमा देखिएको सङ्क्रमण दर, प्रवृत्ति र मृत्युदर विश्लेषणका आधारमा जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र(डिसिसिएमसी)को बैठकले निषेधाज्ञाको अवधि थप गरेको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए । प्रशासनले निषेधाज्ञा अवधिमा अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन सर्वसाधारणमा आदेश जारी गरेको छ । 

    निषेधाज्ञाका अवधिमा अत्यावश्यक सेवामा प्रयोग हुने बाहेकका जिल्लाभित्र सञ्चालन हुने यात्रुबाहक सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन गर्न रोक लगाइएको छ । यसबाहेक अन्य सभा,सम्मेलन,भेला गोष्टी, शैक्षिक संस्था, धार्मिकस्थलहरु,सिनेमा हल, पार्टी प्यालेस, रेष्टेरेन्ट लगायत समेत सञ्चालनमा बन्देज गरिएको छ ।

    बैँक तथा वित्तिय संस्थाले अत्यावश्यक सेवाको लागि एक चौथाई कर्मचारीको उपस्थितिमा एक चौथाई शाखाबाट निक्षेप रु ५० हजारभन्दा बढीमात्र जम्मा गर्ने र चेक भुक्तानीको कार्य दिउँसो ११ बजेदेखी २ बजेसम्ममात्र गर्न आग्रह गरिएको छ ।

     

    २०७८, जेठ २१ शुक्रवार०६:५६:२३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार