एमाले एकता वा विभाजन : ‘बल ओली कोर्टमा’

एमाले एकता वा विभाजन : ‘बल ओली कोर्टमा’

२०७८, जेठ २१ शुक्रवार

  • 1.0K
    SHARES

  • एमाले एकता वा विभाजन : ‘बल ओली कोर्टमा’

    काठमाडौं । नेकपा एमाले माधव नेपाल समूहका नेताले पार्टी विवाद समाधान गर्न बल अध्यक्ष केपी शर्मा ओलीको कोर्टमा भएको बताएका छन्।

    बिहीबार समूहका केन्द्रीय सदस्यको बैठकमा अधिकांशले अध्यक्ष ओलीले संकट पर्दा मात्रै संवाद गर्ने, विभिन्न प्रलोभन देखाउने तर संकट टरेपछि पुरानै स्वभाव देखाउने भएकाले उहाँलाई विश्वास गर्न नसकिने बताएका हुन्।

    उनीहरूले विश्वासिलो आधार तयार पारी विवाद सुल्झाउन ओली नै अग्रसर हुनुपर्नेमा जोड दिए। आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् । 

    नेता माधव नेपाल निकटका केन्द्रीय सदस्य विरोध खतिवडाका अनुसार बैठकमा ओलीले जालझेल गरेको, २०७५ जेठ २ को अवस्थामा पार्टीलाई फर्काउछु भनेर पाँचचोटि भनेको तर नफर्काएको, जसले गर्दा विश्वास गर्ने आधार नभएको धारणा आएको थियो। ‘आज चारपाँचथरी विषय उठेका छन्। मुख्यगरी ओलीले विश्वास गुमाएको कुरा उठेको छ।

    नेताहरूलाई कारबाही गर्ने अनि वार्ताको कुरा गरेर अलमल्याउने कुरा उठेको छ। संविधानविपरीत कार्य गरेको कुरा उठेको छ। तर पनि सम्मानजनक एकताको विषयमा साथीहरू एकमत हुनुभएको छ। सम्मानजनक एकता नभए विकल्पको विषय पनि तदारुकताका साथ उठेको छ’, उनले भने ।

    खतिवडाका अनुसार अहिले नै सबै विषय टुंग्याउने भन्दा पनि संवादको नाममा अलमल्याउने काम गर्न नहुने धारणा अधिकांशले राखेका थिए। ‘ओलीले धेरैजसो समय संकटका बेला मात्रै जेठ २ मा फर्कन्छु भन्ने संकट टरेपछि पुरानै अवस्थामा फर्कने गरेका कारण विश्वास गर्ने आधार नभएको हो। यो विषय टड्कारो रूपमा उठेको छ’, खतिवडाले भने ।

    केन्द्रीय सदस्य ठाकुर गैरेका अनुसार बैठकमा मुख्यगरी ६ वटा विषय उठेका छन्। २०७५ जेठ २ गतेको सांगठनिक संरचनामा फर्कन सबैजसो नेता सहमत छन्।

    २०७८, जेठ २१ शुक्रवार०८:२५:१६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार