महतोको नेतृत्वमा उपप्रधानमन्त्री सहित जसपा सरकारमा, को-को भए मन्त्री ?

महतोको नेतृत्वमा उपप्रधानमन्त्री सहित जसपा सरकारमा, को-को भए मन्त्री ?

२०७८, जेठ २१ शुक्रवार

  • 2.3K
    SHARES

  • महतोको नेतृत्वमा उपप्रधानमन्त्री सहित जसपा सरकारमा, को-को भए मन्त्री ?

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्ष सरकारमा जाने भएको छ । मन्त्रीहरुको सपथ आजै साँझ ६ बजे राखिएको छ ।

    स्रोतका अनुसार वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा सरकारमा जान लागिएको हो । महतो उपप्रधान तथा शहरी विकास मन्त्री हुनेछन् । त्यसैगरि शरदसिंह भण्डारी, अनिल झा, लक्ष्मणलाल कर्ण, विमल श्रीवास्तव, उमाशंकर अरगरिया, चन्दा चौधरी र एकबाल मिया मन्त्री बन्नेछन् ।

    भण्डारीले उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयको जिम्मेवारी पाएका छन् । झाले खानेपानी र कर्णले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय सम्हाल्दा श्रीवास्तवलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा र अरगरियालाई युवा तथा खेलकुद मन्त्रालय परेको छ ।

    यस्तै चौधरीलाई महिला, बालबालिका तथा जेष्ठ नागरिक र एकबाल मिया वन तथा वातावरण् मन्त्रालयको जिम्मेवारी दिइने जसपाका एक नेताले बताए ।

    जसपाले दुई राज्यमन्त्री पनि टुंगो लगाएको छ । चन्द्रकान्त चौधरी उर्जा र रेनुका गुरुङ महिला बालबालिका राज्यमन्त्री हुनेछन् ।

    जसपाका तीन नेताले बहालवाला तीन मन्त्रीलाई प्रतिस्थापन गरेका छन भने अन्य मन्त्रालय प्रधानमन्त्री मातहत थिए । 

    २०७८, जेठ २१ शुक्रवार०५:५६:३०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार