अमेरिकाले नेपाललाई खोप उपलब्ध गराउने

अमेरिकाले नेपाललाई खोप उपलब्ध गराउने

२०७८, जेठ २२ शनिवार

  • 1.6K
    SHARES

  • अमेरिकाले नेपाललाई खोप उपलब्ध गराउने

    काठमाडौँ । नेपाललाई संयुक्त राज्य अमेरिकाले कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने भएको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले आज विज्ञप्ति जारी गर्दै अमेरिका सरकारले नेपाललाई कोभिड–१९ विरुद्धको खोप सहयोग गर्ने निर्णय गरेको जानकारी गराए ।  

    कुन र कति मात्रा खोप दिने भन्ने विज्ञप्तिमा भएको छैन ।  “कोभिड–१९ विरुद्धको खोप नेपाललाई उपलब्ध गराउने घोषणा गर्नु सराहनीय छ । यस सहयोगको घोषणाप्रति हार्दिक धन्यवादसहित आभार प्रकट गर्दछौँ । साथै भविष्यमा नेपाल र नेपालीका तर्फबाट यस किसिमका साथ र सहयोगको अपेक्षा गर्दछौंँ ”, विज्ञप्तिमा भनिएको छ ।

    यसअघि पनि कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि अमेरिकाले स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो । 

     

    २०७८, जेठ २२ शनिवार०६:५४:०७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार