जापानमा जन्मदर घट्यो

जापानमा जन्मदर घट्यो

२०७८, जेठ २२ शनिवार

  • 1.3K
    SHARES

  • जापानमा जन्मदर घट्यो

    टोकियो । जापानमा जन्मदरमा कमी आएको देखिएको छ । 

    कोरोनाभाइरसको महामारीका कारण गत बर्ष सन् २०२० मा जापानमा अघिल्लो बर्षकोभन्दा धेरै बालबालिकाको जन्म भएको हो । 
    जापानमा लामो समयदेखि निरन्तर जनसङ्ख्या घट्दै जाने समस्या रहेको छ । यसले मुलुकको जनसाङ्खीक संरचनामा समेत असर परेको भन्दै चिन्ता व्यक्त भइरहेको छ । 

    स्वदेशी जनसङ्ख्या घटेपछि जापानमा सक्रिय जनशक्तिको समेत अभाव हुन थालेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

    मन्त्रालयका अनुसार सन् २०२० मा आठ लाख ४० हजार ८३२ बालबालिकाको जन्म भएको छ । यो सङ्ख्या अघिल्लो बर्षको भन्दा २.८ प्रतिशत कम हो ।  

    गत बर्षको जन्मदर जन्मदर्ता सुरु गरेको बर्ष सन् १८९९ देखि कै सवैभन्दा कम भएको पनि अधिकारीहरुले जनाएका छन् । 

    सिएनएनले सार्वजनिक गरेको विवरणमा गत बर्ष विवाह दरमा पनि कमी भएको छ । सन् २०२० मा अघिल्लो बर्षको तुलनामा १२.३ प्रतिशत कम विवाह दर्ता भएको अधिकारीहरुले जानकारी दिएका छन् । 

    जापानमा सन् २०२० मा पाँच लाख २५ हजार ४९० ओटा विवाद दर्ता भएको छ । जापानको अहिलेको विवाह र जन्मदर विश्वकै थोरै मध्येमा पर्ने जनाइएको छ । 

    सन् २०१८ मा गरिएको जनगणना अनुसार जापानको कुल जनसङ्ख्या १२ करोड ४० लाख रहेको छ । -एजेन्सी ।  

    २०७८, जेठ २२ शनिवार०६:३४:११

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार