कविता - नयाँदृष्टि, दृष्टिकोण नयाँ

कविता - नयाँदृष्टि, दृष्टिकोण नयाँ

२०७८, जेठ २२ शनिवार

  • 2.9K
    SHARES

  • कविता - नयाँदृष्टि, दृष्टिकोण नयाँ

    समय फरक, बोली फरक, 
    मेलमिलापको लोली फरक 
    बर्ग-संघर्षको गर्विलो त्योकथा कहाँ? 
    बिष्टा-गोबर सब एक हुन् अब,
    लोकतन्त्रको परिभाषा नयाँ ।
    शत्रु, शत्रु रहेनन् अब:
    मित्रताको बद्लियो परिचय यहाँ ।
    श्रमजीवी, सामन्ती-शोषक 
    एकाकार भए जसै, 
    अब सुदामा कहाँ अनि कृष्ण कहाँ? 
    जुदा-जुदा हैं ईनके अन्दाज़े बयाँ !

    *********

    जसै जुधे गोरूहरू, बॉकी रहे बाला कहाँ?
    मैदान भो खेतबारी,मिच्चिए बाच्छाहरू, 
    ताली पिट्दै ब्वाँसा अनि स्यालको 
    चल्दोछ भरदिन साहुती यहाँ।
    श्रोता बिनाका सभागार सजिए 
    वक्तामात्रै छन् सबै जहाँ।
    ब्वाँसाहरू मन्त्र पढ्छन् 
    बिभिषणहरूको यज्ञ महाँ।
    अब मेघनाद अनि लक्ष्मण कहाँ?
    क्या पूछते हो यार तुम भी !
    जुदा-जुदा हैं ईनके अन्दाज़े बयाँ!! 

    *********

    मुसो मोटाई बिराला भए ,   
    साधु बने बिराला यहाँ ।
    राजा – रंक सब समान छन् ,
    धरतीमा छ यस्तो भू-स्वर्ग जहाँ । 
    खोजुँ म अब अर्को रामराज्य कहाँ?
    लठेब्राहरू छन्वाक् प्रतियोगितामा 
    लाटाहरूको चल्छ बयान, 
    अन्धाहरू निर्णय गर्छन्, 
    यही हो हाम्रो देश महान् ।
    बिधि बिधान सब साधन हुन् ,
    दृष्टियता होस तर निशाना उहाँ ।
    अब बेद कहाँअनि पुराण कहाँ?
    दृष्टि नयाँ, दृष्टिकोण नयाँ।
    हाल-ए-दिल मत पूछ ऐ मेरे शागिर्द ,
    जुदा-जुदा हैं ईनके अन्दाज़े बयाँ !

    *********
    को ध्याता, को ज्ञाता?
    अनि को - को हुने अनुष्ठाता?
    लोलुपताको शिखर त्यहीं चुलियो
    मद-मात्सर्यको छ रास जहाँ ।
    पूछ मत मेरे हमसफ़र 
    “क्या हाल है तेरा वहाँ?”
    खुद परेशां हुँ, कैसे कहुँ?
    जुदा-जुदा हैं ईनके अन्दाज़े बयाँ!!

    *********

    नेपथ्यबाट प्रश्न गुन्जन्छ – 
    जन-जन भए दिग्भ्रमित के?
    कस्तो चलेको छ रे! ब्यापार तहाँ?
    ठीक छ हूजूर .... ...., 
    फुटे-जुटे-फुटे, लौ फेरी जुटे,
    शत्रु मित्र, मित्र शत्रु बने स   
    कुटील सबको भो अब चाल यहाँ ।
    मौसम बदलियो त सोच बदलिए,
    मद मत्त छन् सारा जहाँ।
    मद होशी है चारों तरफ,
    खंजर बन गए हर एक जुबाँ ।
    जुदा-जुदा हैं सबके अन्दाज़े बयाँ!! 

    ......... ******.........
    @ जुदा-जुदा   - भिन्न-भिन्न 
    @ अन्दाज़े बयाँ  - बखान गर्ने तरिका वा शैली 
    @ परेशां   - चिन्ताग्रस्त
    @ यार   - मित्र
    @ शागिर्द  - शिष्य, चेला
    @ खंजर   - चुपी, एक प्रकारको छुरी 

    (-रचनाकार जोशी त्रिभुवन विश्वविद्यालयका सह-प्राध्यापक हुन् ।)

    यो पनि पढ्नुहोस् - इमान्दारिताको प्रश्नमा रुमल्लिएको बर्तमान समाज

    २०७८, जेठ २२ शनिवार०९:५९:२२

    बिनोद जोशी

    प्रतिक्रिया
    सम्बन्धित समाचार