भारतमा दुई महिनायताकै सबैभन्दा कम १ लाख नजिक कोरोना संक्रमित, मृत्यु संख्यामा पनि कमी

भारतमा दुई महिनायताकै सबैभन्दा कम १ लाख नजिक कोरोना संक्रमित, मृत्यु संख्यामा पनि कमी

२०७८, जेठ २३ आइतवार

  • 1.0K
    SHARES

  • भारतमा दुई महिनायताकै सबैभन्दा कम १ लाख नजिक कोरोना संक्रमित, मृत्यु संख्यामा पनि कमी

    नयाँ दिल्ली । भारतमा विगत २४ घण्टामा कोरोनाभाइरस (कोभिड–१९) बाट एक लाख १४ हजार व्यक्ति संक्रमित भेटिएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । 

    कोभिड–१९ को दोस्रो लहरको मध्यमा दैनिक चार लाखभन्दा बढी संक्रमित भेटिएकामा पछिल्लो संख्या विगत दुई महिनायताकै सबैभन्दा कम दैनिक संक्रमण हो । भारतमा यो सहित कूल दुई करोड ८८ लाख व्यक्ति कोभिड संक्रमित भएका छन् जसमध्ये दुई करोड ७० लाख संक्रमणमुक्त भएका छन् । 

    कोभिड–१९ को दोस्रो लहरबाट सर्वाधिक असर परेको भारतमा विगत २४ घण्टामा थप दुई हजार ६७७ जनाको ज्यान गएको मन्त्रालयको भनाई छ । यो सहित भारतमा कोभिड–१९ को संक्रमणबाट ज्यान गुमाउनेको संख्या तीन लाख ४६ हजार ७५९ पुगेको छ । 

    भारतमा अझै पनि १४ लाख ७८ हजार व्यक्ति सक्रिय संक्रमित अवस्थामा छन् । विगत २४ घण्टामा कूल सक्रिय संक्रमितको संख्यामा ७७ हजारले कमी आएको छ । विगत केही दिनदेखि सक्रिय संक्रमितको संख्यामा पनि कमी आउन थालेको मन्त्रालयले जनाएको छ । 

    गत जनवरी १६ बाट खोप लगाउन थालेको भारतमा हालसम्म २३ करोड १० लाख डोज खोप लगाइएको छ । 

    यसैबीच, भारतीय स्वास्थ्य अनुसन्धान परिषदले देशभर हालसम्म ३६ करोड ४० लाख नमुना परीक्षण गरेको जनाएको छ । -एजेन्सी ।

    २०७८, जेठ २३ आइतवार१२:३२:०९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार