नाइजेरियामा बन्दुकधारीहरुको आक्रमणबाट ८८ जनाको मृत्यु

नाइजेरियामा बन्दुकधारीहरुको आक्रमणबाट ८८ जनाको मृत्यु

२०७८, जेठ २३ आइतवार

  • 1.0K
    SHARES

  • नाइजेरियामा बन्दुकधारीहरुको आक्रमणबाट ८८ जनाको मृत्यु

    लेगोस । बन्दुकधारीहरुको आक्रमणमा परी नाइजेरियामा कम्तीमा ८८ जनाको मृत्यु भएको छ । 

    देशको उत्तर पश्चिमी क्षेत्रमा पर्ने केब्बी राज्यमा भएको घटनामा परी अरु कैयौँ घाइते पनि भएको अधिकारीहरुले जनाएका छन् ।
    डाको–वासागु क्षेत्रमा विभिन्न आठ समुदायका उच्छृङ्खल समूहहरुबीच भिडन्त भएको प्रहरीको भनाई छ । 

    घटनास्थलबाट प्रहरीले सुरुमा ६६ ओटा शव निकालेको बताएको थियो । तर पछि ८८ शव निकालिएको स्थानीय प्रहरी प्रवक्ता नाफिउ अबुबाकरले जानकारी दिए ।  

    थप घटना हुन नदिनका लागि सुरक्षा फौजले सुरक्षा सतर्कता बढाएको छ भने स्थानीय बासिन्दा त्रसित अवस्थामा रहेका छन् ।  
    यसअघि गत अप्रिलमा पनि सोही ठाउँमा नौ प्रहरी र दुई जना नागरिक पनि आक्रमणमा परी मारिएका थिए ।- एजेन्सी ।  

    २०७८, जेठ २३ आइतवार०२:५९:०७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार