इजरायलले १२–१६ वर्ष उमेरका बालबालिकालाई कोभिडबिरूद्ध खोप दिन सुरू

इजरायलले १२–१६ वर्ष उमेरका बालबालिकालाई कोभिडबिरूद्ध खोप दिन सुरू

२०७८, जेठ २४ सोमवार

  • 1.1K
    SHARES

  • इजरायलले १२–१६ वर्ष उमेरका बालबालिकालाई कोभिडबिरूद्ध खोप दिन सुरू

    जेरूसेलम । इजरायलले १२ देखि १५ वर्ष उमेरका बालबालिकालाई कोरोनाभाइरस विरुद्धको खोप दिन सुरु गरेको स्वास्थ्य अधिकारीहरूले आइतबार बताएका छन् ।

    सरकारले खोप प्राप्त गर्न योग्यताको उमेर दायरा विस्तार गर्न लिइएको बुधबारको निर्णय अनुसरण गर्दै इजरायली स्वास्थ्य मन्त्रालयले खोप अभियान थालेको हो । 

    इजरायलमा खोप अभियान सन् २०२० को डिसेम्बर २० देखि शुरु गरिएको थियो । पहिलो चरणमा मेडिकल स्टाफ, ६५ बर्षभन्दा बढी उमेरका मानिस र दीर्घरोगीहरूलाई लक्षित गर्दै खोप लगाइएको थियो ।

    त्यसबेलादेखि योग्यताको उमेर बिस्तारै कम गरिएको छ र १६ बर्ष माथिका व्यक्तिहरूलाई यस पहिले नै खोप लिन योग्य घोषणा गरिएको थियो । 

    इजरायलमा शनिबारसम्ममा करीव ५४ लाख ६० हजार मानिसहरूले फाइजरको खोप लगाइसकेका छन् । यो सङ्ख्या कुल जनसंख्याको ५८।५ प्रतिशत हो । एजेन्सी ।

    २०७८, जेठ २४ सोमवार०६:४९:५६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार