काठमाडौं। आजको सेयर बजार केही करेक्सनसहित बन्द भएको छ। २९२८ अंकसम्म पुगेको बजारमा सामान्य करेक्सन देखिएको होे।
तुलनात्मक रूपमा जलविद्युत करिब ९२ अंकले बढेको छ भने फाइनान्स १६३ अंकले बढेको छ।
बजारमा पोखरा फाइनान्स, सेन्ट्रल फाइनान्स, आइसीएफसी फाइनान्स, कामना सेवा विकास बैंक, श्री इन्भेष्टमेन्ट फाइनान्सको सेयर मूल्यमा बढेर सर्किट लागेको छ। घट्नेमा वाणिज्य बैंकहरु छन्।
निफ्राको ४६ करोड ६२ लाख रुपैयाँको सेयर कारोबार भएको छ। नेशनल हाइड्रोको ४३ करोड ५६ लाख रुपैयाँ र लुम्बिनी विकास बैकको ४३ करोड २४ लाख रुपैयाँको सेयर कारोबार भएको छ। कुमारी बैंकको ३४ करोड ४१ लाख रुपैयाँको किनबेच भएको छ।