सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीको निवृत्तिभरण आफ्नै बैंक खातामा

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीको निवृत्तिभरण आफ्नै बैंक खातामा

२०७८, जेठ २४ सोमवार

  • 2.4K
    SHARES

  • सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीको निवृत्तिभरण आफ्नै बैंक खातामा

    काठमाडौँ । सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीको मासिक निवृत्तिभरण रकम सीधै आफ्नै बैंक  आफ्नो खातामा आउने भएको छ ।

    महालेखा नियन्त्रक कार्यालयले आइतबारदेखि विद्युतीय कोष हस्तान्तरणबाट सोझै सम्बन्धित व्यक्तिको खातामा जम्मा गर्ने प्रणाली शुरु गरेको हो ।

    महालेखा नियन्त्रक मधुकुमार मरासिनीका अनुसार यसबाट निजामती, प्रहरी, जङ्गी र शिक्षकतर्फ गरी दुई लाख ७६ हजार सेवानिवृत्त कर्मचारी प्रत्यक्ष लाभान्वित हुनेछन् ।

    उक्त प्रणालीले नेपाल सरकारको विद्युतीय नेपाल अवधारणा लागू गर्न ठूलो सहयोग पुग्नेछ । उनका अनुसार   समयभित्र निवृत्तिभरण प्राप्त गर्ने व्यक्तिको खातामा नै सरकारी कोषबाट भुक्तानी हुने भएकाले सरकारको नगद प्रवाह व्यवस्थापनमा समेत प्रभावकारिता बढ्नेछ । निवृत्तिभरण पाउने व्यक्तिले अब छिटोछरितो र प्रभावकारी सेवा प्राप्त गर्नेछन् । 

    २०७८, जेठ २४ सोमवार०७:१९:५७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार