विपक्षी गठनबन्धनका नेताबीच भेटवार्ता

विपक्षी गठनबन्धनका नेताबीच भेटवार्ता

२०७८, जेठ २४ सोमवार

  • 2.5K
    SHARES

  • विपक्षी गठनबन्धनका नेताबीच भेटवार्ता

    काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) बाट निष्कासित नेता माधवकुमार नेपालबीच पछिल्लो राजनीतिक विषयमा छलफल भएको छ । 

    सभापति देउवा निवास बूढानिलकण्ठमा आज भएको भेटवार्तामा उनीहरुबीच प्रदेश नं २ र सुदूरपश्चिम प्रदेश सरकार पुनःगठनलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

    पछिल्लो समय विपक्षी दलहरुको गठबन्धनले केन्द्र र प्रदेशमा आफ्नो सरकार गठनका लागि विभिन्न गृहकार्य गर्दै आएका छन् । 

    २०७८, जेठ २४ सोमवार०७:२७:५३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार