विश्व बैंकले भारतलाई ५० करोड अमेरिकी डलर दिने निर्णय

विश्व बैंकले भारतलाई ५० करोड अमेरिकी डलर दिने निर्णय

२०७८, जेठ २५ मंगलवार

  • 969
    SHARES

  • विश्व बैंकले भारतलाई ५० करोड अमेरिकी डलर दिने  निर्णय

    वासिङ्टन । विश्व बैंकले भारतलाई ५० करोड अमेरिकी डलर दिने भएको छ । 

    बैंकको कार्यकारी समितिले कोरोनाभाइरसको महामारीका कारण मर्कामा परेका साना तथा मझौला उद्योगका सञ्चालकहरूलाई सहयोग गर्न भारतलाई सो रकम उपलब्ध गराउने निर्णय गरेको हो । 

    भारतमा कोरोनाभाइरसको महामारीले साना तथा मझौला उद्योग व्यवसायहरु नराम्रोसँग धरासायी भएको तथ्याङकले देखाएको छ । 

    विश्व बैंकले दिएको सो रकम भारतका साना तथा मझौला उद्योगहरूको पुनः उत्थाान र प्रवद्र्धनका लागि परिचालन गरिने भएको छ । 

    सो कार्यका लागि भारतको सरकारले पनि ठूलो रकम लगानी गर्ने र विश्व बैंकको रकम त्यसमा थपिने बैंकका अधिकारीहरुले बताएका छन् ।

    बैंकले प्रकाशन गरेको वक्तव्यमा कोरोनापछि साना तथा मझौला व्यवसायीहरूलाई उठाउनका लागि सो रकम उपयोग गर्न भारतलाई आग्रह पनि गरिएको छ । 

    विश्वभरी मर्कामा परेका साना तथा मझौला व्यवसायीहरुलाई सहयोग गर्ने विश्व बैंकको नीति अनुसार अन्य देशहरुलाई पनि यस्तो सहयोग गरिएको समाचारमा जनाइएको छ । -एजेन्सी । 

    २०७८, जेठ २५ मंगलवार०६:३५:३१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार