होम डेलिभरी नरोक्न सर्वोच्चद्वारा अन्तरिम आदेश जारी

होम डेलिभरी नरोक्न सर्वोच्चद्वारा अन्तरिम आदेश जारी

२०७८, जेठ २५ मंगलवार

  • 1.6K
    SHARES

  • होम डेलिभरी नरोक्न  सर्वोच्चद्वारा अन्तरिम आदेश जारी

    काठमाडौँ । सर्वोच्च अदालतले कोभिड –१९ को नियन्त्रण तथा न्यूनीकरणका लागि जारी निषेधाज्ञाका समयमा पनि अनलाइनबाट हुने कारोवार तथा होम डेलिभरी नरोक्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

    न्यायाधीशद्वय सपना मल्ल र डा कुमार चुँडालको इजलासले आज सामान बिक्रीवितरण नरोक्न अन्तरिम आदेश जारी गरेको हो ।
    आदेशमा भनिएको छ,“सामाजिक दूरी, मास्क, स्यानिटाइजर, पिपिइलगायतका साधनको प्रयोग गरी खरीदबिक्री तथा होम डेलिभरीको सेवा प्रदान गर्ने  कम्पनीहरुलाई प्रस्तुत मुद्दाको अन्तिम किनारा नलागेसम्मका लागि सेवा प्रदान गर्ने काम रोक्ने कार्य नगर्नू ।”

    बजारमा भीडभाड कम गरी सकेसम्म नागरिकलाई घर बाहिर जानु नपर्ने स्थिति सिर्जना गर्नका लागि अनलाइनका माध्यमबाट खरीदबिक्री तथा होम डेलिभरी प्रदान गर्नमा रोक लगाउन उपयुक्त नहुने आदेशमा जनाइएको छ ।

    home1.PNG

    home2.PNG

    २०७८, जेठ २५ मंगलवार०७:०१:०७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार