काठमाडौं । नेकपा एमाले प्रभावशाली युवा नेता योगेश भट्टराईले नेतृत्वको असहिष्णु र अतिवादी सोचप्रति कटाक्ष गरेका छन् ।
एमाले एकतामा विधि र पद्धति भन्दा पनि एकले अर्कालाई नस्विकार्ने अतिवादी सोचनै प्रमुख कारण रहेको नेता भट्टराईले बताएका छन् ।
पछिल्लो समय देखिएको विवाद प्रति इंगित गर्दै भट्टराईले पार्टीका नेताहरु एक अर्काको हुर्मत लिनका लागि अस्वाभाविक गठबन्धन गरेको तर्फ संकेत गर्दै पार्टी एकताको लागि लाग्न समेत आग्रह गरेका छन् ।
त्यस्तै उनले कसले, किन र के लागि नेकपा एमाले भित्र यस्तो भाँडभैलो गर्दैछ भनेर प्रश्न समेत गरेका छन् ।
उनले गम्भिर प्रश्न सहित सामाजिक संजालमा लेखेका छन्, "एमालेको एकताको मुल जड ?
कमरेड केपी ओली आफ्नै पार्टीका बरिस्ठ नेता कमरेड जे एन खनाल र कमरेड माधव नेपालसँग सहकार्य गर्न तयार नहुने तर महन्त ठाकुर र राजेन्द्र महतोसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न तयार हुने ।
कमरेड जे एन खनाल र माधव नेपाल आफ्नै पार्टीका अध्यक्ष कमरेड केपी ओलीसँग मिल्न तयार नहुने तर शेर बहादुर देउवा, प्रचण्ड र उपेन्द्रसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न तयार हुने ।
कस्ले, किन र के कालागि गर्दैछ यो सब ?
एमाले एकताको समस्याको मुल जड यहिं छ ।
यस बिषयमा कमरेडहरु बिचमा गम्भिर छलफल हुनु र साझा निश्कर्षका साथ साझा अभियान मार्फत एमालेको एकता बचाउन जरुरी छ ।"