आगलागीबाट एक करोड बराबरको क्षति

आगलागीबाट एक करोड बराबरको क्षति

२०७७, मंसिर २९ सोमवार

  • 1.4K
    SHARES

  • आगलागीबाट एक करोड बराबरको क्षति

    मंसिर २९, सर्लाही । 

    सर्लाहीको हरिवन नगरपालिकामा गए राति कपडा गोदाममा आगलागी हुँदा रु. एक करोड बराबरको क्षति भएको छ ।

     वडा नं ११ स्थित बजारमा रहेको कैलाश साह र सञ्जय साहको कपडा गोदाम, कमल कार्कीको घरमा र महेश साहले सञ्चालन गर्नुभएको कपडा पसलमा आगलागी हुँदा रु. एक करोडभन्दा बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए । 
     
     गए राति १२ः४० बजे कपडा गोदाम र पसलमा आगलागी भएको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी र बारुण यन्त्रको सहयोगमा राति २ः२० बजे आगो नियन्त्रणमा आएको थियो । घरका सामान आंशिक रुपमा र कपडा पसल पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागी कसरी भयो भन्ने यकिन हुन सकेको छैन ।

    २०७७, मंसिर २९ सोमवार११:४१:३७
    प्रतिक्रिया
    सम्बन्धित समाचार