मंसिर १४, काठमाडौं ।
इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले वर्नलीमाथि ५ गोल गर्दै सानदार जित हात पारेको छ। सिटीले शनिबार राती भएको खेलमा वर्नलीलाई ५-० गोलले पराजित गरेको हो।
सिटीका लागि रियाद महरेजले ह्याट्रिक गरे। उनले खेलको छैटौं मिनेटमा पहिलो गोल गर्दा २२ मिनेटमा दोस्रो गोल गर्दै टिमको अग्रता दोब्बर पारे। त्यसपछि सिटीका लागि ४१ मिनेटमा मेन्डेले तेस्रो गोल गरेका थिए।
६६ मिनेटमा टोरेसले गोल गर्दै सिटीलाई ४-० ले अघि बढाए। ६९ मिनेटमा महरेजले ह्याट्रिक पूरा गर्दा सिटीको अग्रता ५-० मा पुग्यो।
लिगमा लिभरपुल १० खेलबाट २१ अंक जोडेर शीर्ष स्थानमा छ। एक खेल कम खेलेको दोस्रो स्थानको टोटेनहमको २० अंक छ।
सानदार जित हात पारेसँगै सिटी भने ९ खेलबाट १५ अंक जोड्दै आठौं स्थानमा उक्लिएको छ।