सातहजार ९२९ जनाले लगाए ‘भेरोसिल’

सातहजार ९२९ जनाले लगाए ‘भेरोसिल’

२०७८, जेठ २७ बिहिवार

  • 1.2K
    SHARES

  • सातहजार ९२९ जनाले लगाए ‘भेरोसिल’

    बाँके । कोभिड–१९ विरुद्धको चिनियाँ खोप ‘भेरोसिल’ लगाउनेक्रम  यहाँ जारी  छ । जिल्लाका  आठ पालिकाका ६२ देखि ६४ उमेर समूहका करिव सात हजार ९२९ जना मध्ये बुधबारसम्म पाँचहजार ८५९ जनाले खोप सेवा लिइसकेका छन् ।   

    कोभिड– १९ सङ्कट व्यवस्थापन केन्द्रका कोरोना स्रोत व्यक्ति  तेज ओलीले कोरोना विरुद्धको खोप अभियान जारी रहेको बताए । उनले आफूलाई पायक पर्ने खोपकेन्द्रमा पुगी खोप लगाउन नागरिकलाई आग्रह  गरे ।  

    पछिल्लो समय निषेधाज्ञा तथा कोरोना परीक्षण तीब्र गरिएकाले सङ्क्रमितको सङ्ख्या जिल्लामा कम हुँदै गएको छ । साथै जिल्लाका अस्पतालमा सङ्क्रमितका लागि छुट््याइका श्यया समेत खाली हुन थालेका छन् । 

    नेपालगन्ज उपमहानगरपालिकामा लक्ष्यको ९९ प्रतिशतले नागरिकले खोप लगाएका छन् । सो उपमहानगरपालिकामा दुईहजार ३७ जना लक्षित नागरिक रहेकामा दुईहजार ३५ जनाले खोप लिइसकेको छन् । 

    यसैगरी कोहलपुर नगरपालिकामा एक हजार ३२५ जनामध्ये एक हजार ४६, खजुरा गाउँपालिकामा आठ सय ७० जना मध्ये ७०९, राप्तीसोनारी गाउँपालिकामा ९ सय ५० जनामध्ये २४३, डुडुवा गाउँपालिकामा ५ सय ६ जना मध्ये ३२९, नरैनापुर गाउँपालिकामा ५ सय ५८ जनामध्ये ४५, जानकी गाउँपलिकामा ६ सय ५८ जनामध्ये ५ सय ४२ र बैजनाथ गाउँपालिकामा ९ सय ३५ मध्ये ८ सय ५३ जनाले खोप लगाएका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ  ।

    ती पालिकाका ८७ खोपकेन्द्र मार्फत् सेवा प्रदान गरिएको छ । डुडुवा गाउँपालिकाले मंगलबार नै खोप लगाउन सम्पन्न गरेको जनाएको छ । 

    २०७८, जेठ २७ बिहिवार०५:२१:३३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार