जेठ २७, काठमाडौं ।
हिजो,
पार्टी अध्यक्ष पक्ष,
केपी ओली पक्ष,
सरकार पक्ष,
माधव समुह पक्ष,
प्रचण्ड पक्ष,
बादल - मणि पक्ष,
आज
प्रचण्ड विपक्ष,
माधव समुह विपक्ष,
माधव समुहकोलागि,
ओली विपक्ष,
बादल मणि विपक्ष,
कहिले को पक्ष,
कहिले को विपक्ष ?
समयको खेल,
को पक्ष को विपक्ष ?
********
पार्टीमा देउवा पक्ष,
रामचन्द्र विपक्ष,
सिटौला विपक्ष,
पद पाए सबै पक्ष,
सत्ता पाए सबै पक्ष,
नपाए सबै विपक्ष,
नेपाली राजनिती,
समयको खेल,
को पक्ष को विपक्ष ?
********
तराई मुद्दा पक्ष
महन्त - राजेन्द्र पक्ष
उपेन्द्र - बाबुराम पक्ष
सत्तामा जाने पक्ष
वाहिरिने विपक्ष
हिजो सँगै बस्दा पक्ष
तर आज एउटा पक्ष
अर्को विपक्ष,
समयको खेल,
को पक्ष को विपक्ष ।
शिक्षाकर्मी एवं साहित्यकार पन्तका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस् ।