काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ हजार ७४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ५९ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ९०१ नमुनाको पीसीआर परीक्षणमा २ हजार ८७४ र ५ हजार ३३७ जनाको एन्टिजेन परीक्षणमा ८७५ जना गरी ३ हजार ७४९ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा हालसम्म मृत्यु हुनेको संख्या ८ हजार २३८ पुगेको छ भने कोरोना भाइरस संक्रमितको कुल संख्या ६ लाख १९ हजार ४०१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ५,२९३ जना संक्रमणमुक्त भएको र हालसम्म ५ लाख १५ हजार ५९१ जना संक्रमणमुक्त भएका छन् भने ७७ हजार ८५८ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।