भारतीय नागरिकलाई भ्रमण गर्न दिन भारतको चीनसँग आग्रह

भारतीय नागरिकलाई भ्रमण गर्न दिन भारतको चीनसँग आग्रह

२०७८, जेठ २८ शुक्रवार

  • 2.5K
    SHARES

  • भारतीय नागरिकलाई भ्रमण गर्न दिन भारतको चीनसँग आग्रह

    नयाँ दिल्ली । भारतले आफ्ना नागरिकहरुलाई चीन भ्रमणका लागि अनुमति दिन चीनलाई अनुरोध गरेको छ । 

    भारतले चिनियाँ नागरिकहरुलाई भारत भ्रमण गर्न दिन पनि तयार रहेको समेत बिहीबार जानकारी दिएको छ ।

    दुबै तर्फबाट आवतजावत गर्ने वातावरणका लागि भारतले चीनलाई आग्रह गरेको समाचारमा जनाइएको छ । 

    भारतको विदेश मामिला मन्त्रालयले भारतमा चिनियाँ नागरिकहरुलाई आवतजावत गर्न दिन भारत तयार रहेको स्पष्ट पारेको हो । 

    भारतले विषेश गरेर भारतमा कामका लागि र अध्ययनका लागि आउन चाहने चिनियाँहरूका लागि सहजै आवत जावत गर्न दिन चाहेको मन्त्रालयले उल्लेख गरेको छ । 

    चीनले पनि काम तथा अध्ययनका लागि चीन आउन चाहने भारतीय नागरिकहरूलाई अनुमति दिन भारतसँग यसअघि नै आग्रह गरेको थियो । 

    बिहीबार भारतसमेतले आफ्ना नागरिकलाई चीन आउन दिन चीनसँग माग गरेपछि दुबै पक्षका लागि बाटो खुल्ने भएको छ ।-  एजेन्सी ।

     

    २०७८, जेठ २८ शुक्रवार०६:५५:३९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार