म्यानमारको सैन्य प्रशासनले सूचीविरुद्ध गम्भीर भ्रष्टाचारको मुद्दा दायर 

म्यानमारको सैन्य प्रशासनले सूचीविरुद्ध गम्भीर भ्रष्टाचारको मुद्दा दायर 

२०७८, जेठ २८ शुक्रवार

  • 961
    SHARES

  • म्यानमारको सैन्य प्रशासनले सूचीविरुद्ध गम्भीर भ्रष्टाचारको मुद्दा दायर 

    न्यापित । म्यानमारको सैन्य प्रशासनले अपदस्थ नेतृ आङ साङ सूचीविरूद्ध सबैभन्दा गम्भीर भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ । जसलाई सुचीको दल नेशनल लिग फर डेमोक्रेसीले सूचीलाई फसाउन लगाइएको भुट्टा आरोप भनेको छ ।

    सैनिक प्रशासनले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै सुचीलाई घुसको रूपमा नगद र सुन लिएको आरोप लगाइएको जानकारी गराएको छ ।

    यस आरोपमा सूची दोषी पाइएको खण्डमा १५ वर्ष जेल सजाय हुनसक्नेछ । यस बाहेक उहाँमाथि अवैध रूपले सञ्चार सेट आयात गर्ने र सार्वजनिक अशान्ति पैदा गरेको आरोपमा पनि मुद्दा दर्ता गरिएको छ ।

    फेब्रुअरी १ मा सैन्य प्रशासनले सत्ताको बागडोर जम्हालेपछि सूचीलाई पक्राउ गरिएको थियो । त्यसयता नजरबन्दमा भएकी सूची अदालतमा अत्यन्त कम देखिएकी छन् । उनको दलका दर्जनौँ नेता तथा कार्यकर्तालाई पनि विभिन्न आरोपमा पक्राउ गरिएको छ । 

    म्यानमारमा सेनाले सत्ताको बागडोर सम्हालेसँगै भएका प्रदर्शनमा सूचीलाई सघाएको आरोपमा सयौँ नागरिकको हत्या गरिएको छ । -एजेन्सी । 

    २०७८, जेठ २८ शुक्रवार०७:०२:३९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार