टेस्ट क्रिकेटः न्यूजील्यान्डलाई शृंखला

टेस्ट क्रिकेटः न्यूजील्यान्डलाई शृंखला

२०७७, मंसिर २९ सोमवार

  • 4.1K
    SHARES

  • टेस्ट क्रिकेटः न्यूजील्यान्डलाई शृंखला

    मंसिर २९, काठमाडौं । 

    भ्रमणकारी वेस्ट इन्डिज विरुद्धको दोस्रो टेस्ट क्रिकेट खेलमा न्यूजील्यान्ड एक इनिङ र १२ रनको विशाल अन्तरले विजयी भएको छ । 

    दुई टेस्टको यो शृंखलाका दुबै खेल न्यूजील्यान्डले जितेको छ । 

    चौथो दिनको पहिलो सत्रमै न्यूजील्यान्डले वेस्ट इन्डिजलाई पराजित गरेको हो ।

    पहिलो इनिङमा १३१ रनमै समेटिएको वेस्ट इन्डिजले दोस्रो इनिङमा पनि सबै विकेट गुमाएर ३१७ रन मात्र बनाएको थियो । 
    ब्याटिङ र बलिङ दुबैमा सशक्त प्रदर्शन गरेको न्यूजील्यान्डले पहिलो इनिङमा ४६० रन बनाएको थियो ।

    यो जितसँगै न्यूजील्यान्डले देशभित्र खेलिएका सबै १५ टेस्टमा विजयी भएको रेकर्ड पनि बनाएको छ । विश्व शृंखलामा न्यूजील्यान्ड र अस्ट्रेलिया समान अंकका साथ पहिलो स्थानमा छन् । 

    पहिलो टेस्ट खेलमा पनि न्यूजील्यान्डले वेस्ट इन्डिजलाई एक इनिङ र १३४ रनको विशाल अन्तरले पराजित गरेको थियो ।

    न्यूजील्यान्डले घरेलु मैदानमा आगामी डिसेम्बर २६ देखि पाकिस्तान विरुद्ध खेल्दैछ । - एजेन्सी

    २०७७, मंसिर २९ सोमवार०१:५४:४८
    प्रतिक्रिया
    सम्बन्धित समाचार