डुङ्गा दुर्घटनमा परी कम्तीमा १४ को मृत्यु

डुङ्गा दुर्घटनमा परी कम्तीमा १४ को मृत्यु

२०७७, मंसिर २९ सोमवार

  • 1.2K
    SHARES

  • डुङ्गा दुर्घटनमा परी कम्तीमा १४ को मृत्यु

    मंसिर २९, काठमाडौं । 

    त्रिनिदाद र टोबागोका लागि प्रवासी बोकेका एक जहाज दुर्घटना हुदाँ कम्तीमा १४ व्यक्तिको मृत्यु भएको भेनेजुएला सरकारले आइतबार जानकारी दिएको छ ।

    भेनुजुएला सरकारले प्रकाशित गरेको एक विज्ञप्तिमा ११ ओटा शव तटीय गार्डले शनिबार दिउँसो फेला पारेको जनाइएको छ । आज पनि दुई वयस्क एक महिलाको शव भेटिएको र यसैसँगै यस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १४ पुगेको हो ।  

    त्रिनिदादियन तटरक्षक दलले शनिबार भेनेजुएलाका अधिकारीहरूलाइ भेरेजुएलाको तटीय शहर गुइरियाको नजिकैको पानीमा ११ जनाको लास फेला परेको जनाइएको छ ।  

    एक प्रहरीले दिएको प्रतिवेदनअनुसार शवहरु गह्रौं छालबाट आफूलाई बचाउँने क्रममा जोडिएका जस्तो देखिएको  छ । 

     सन् २०१८ र २०१९ गुरिआबाट त्रिनिदादको खतरनाक यात्राको क्रममा करिब १०० व्यक्ति बेपत्ता भएका जनाइएको छ । एजेन्सी

    २०७७, मंसिर २९ सोमवार०२:००:३२
    प्रतिक्रिया
    सम्बन्धित समाचार