काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४औं महाधिवेशनका विषयमा छलफल गर्न पदाधिकारी र पूर्वपदाधिकारी बैठक बोलाएका छन् ।
दुईदिन अघि देउवाले भदौमै महाधिवेशन हुने भने पनि कोरोना भाइरसको संक्रमण तीव्र हुँदा महाधिवेशनको सम्पूर्ण कार्यातालिका प्रभावित भएपछि छलफलका लागि बैठक बोलाएका हुन् ।
आज दिउँसो २ बजे सभापति देउवाले आफ्नै निवास बुढानीलकण्ठमा बस्ने बैठकमा संक्रमण कायमै रहे पार्टीको महाधिवेशन भदौमा कसरी गर्न सकिन्छ भन्ने विषयमा नेताहरूको राय लिने बताइएको छ ।
पार्टी विधानको व्यवस्थाअनुसार एक वर्ष थप अतिरिक्त समय लिएको काँग्रेसले आगामी भदौभित्र महाधिवेशन गर्नैपर्ने संवैधानिक बाध्यता छ।
त्यसअनुसार काँग्रेसले भदौ ७ देखि १० सम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरे पनि कोरोना भाइरसको बढ्दो संक्रमणका कारण महाधिवेशन गर्न असहज बन्दै गएको छ। तर संस्थापन इतर पक्षले सभापति देउवाले पार्टी महाधिवेशन गर्न नचाहेको भन्दै दबाब बढाएका छन्।
कांग्रेसमा नेतृत्वका लागि एक दर्जन आकांक्षी छन् ।