काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा.राजन भट्टराईले काठमाडौं क्षेत्र नं ४ (१) बाट निर्वाचित बागमती प्रदेस सभा सदस्य नरोत्तम बैधले दिएको अभिव्यक्ति अत्यन्तै आपत्ति जनक रहेको बताएका छन् ।
सांसद वैद्यले शुक्रवार वागमती प्रदेश सभामा बोल्दै प्रधानमन्त्री केपी ओलीलाई मार्न अरु कोहि तयारी नभए आफैँ नाथुराम गोड्से बन्ने अभिव्यक्ति दिएका थिए ।
उनले दिएको अभिव्यक्ति सोची विचारी आएकाले तत्काल कारवाहीको दायरामा ल्याउन समेत डा भट्टराईले भनेका छन् ।
उनले कारवाहीको माग गर्दै सामाजिक संजालमा लेखेका छन, "एकजना जनप्रतिनिधीले सभाको रोष्टममा उभिएर छिमेकि मूलुकको उदाहरण समेत दिदै प्रधानमंत्रिको हत्या गर्छु भने । अर्थात् उनको यो भनाई त्यत्तिकै प्रतिक्रिया स्वरूप आएको होईन यो उनले सोचेरै बोलेका हुन । औपचारिक सभामा रेकर्ड सहित बोलेको बिषयलाई क़ानूनी दायरामा ल्याई कार्बाही गरियोस ।"