मंसिर २९, काठमाडौं ।
पछिल्लो २४ घण्टामा थप ८२१ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ४२३ जनाको परीक्षणमा ५०४ महिला र ३१७ पुरुषमा संक्रमण पुष्टि भएको हो
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८४२ संक्रमित निको भएका छन् ।
हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४९ हजार २४४ पुगेको छ । सक्रिय संक्रमितको संख्या १० हजार ९५५ छ ।
पछिल्लो २४ घण्टामा १८ कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ७१६ पुगेको छ ।