मंसिर २९, काठमाडौं ।
आगलागीमा परेर पुर्णतया नष्ट भएको काठमाडौं महानगरपालिका वडा नं ३१ स्थित जागृतिनगरमा अवस्थित आशा परियारको घर सांसद गणेश प्रसाद दुलालले बनाइदिने भएका छन् ।
आज दिउँसो करिव साढे बार्ह बजे विद्युत सट भएर आगलागीमा परेर परियारको करिव ४० लाख रकम भन्दा माथिको घर तथा अन्य सम्पुर्ण भौतिक सम्पत्ति जलेर नष्ट भएको छ । बिचल्लीमा परेकी आशाका अलावा छिमेकी प्रकाश लिम्बु र कृष्ण मगरको घरमा आंशिक क्षति पुगेकोे छ ।
लकडाउन शुरु भएयता रोजिरोटी गुमेर आफ्नै घर अगाडी बसेर चटपटे व्यवसाय गरेर ८ जनाको परिवार धान्दै आएकी आाशालाई कहालिलाग्दो बज्रपात आइलागेको छ ।
ज्यामी काम गर्ने उनका श्रीमान् /श्रीमती, तीन छोरा/दुई बुहारी र एक नातीका लगाएका कपडा बाहेक अन्य कपडा तथा खाध्यान्न बचाउन नसकेको उनको दुखेसो थियो ।
वाग्मती कोरिडोरको रेखांकनका लागि सो क्षेत्रमा सांसद दुलाल पुगेकै समयमा आगलागी भएको हो । आगलागी हुने वित्तिकै सांसद दुलालले विशेष पहल गरेर सुरक्षा संयन्त्रलाई बोलाउनाले नै ठुलो क्षति हुनबाट टरेको स्थानीय तेज सुनुवारले बताए ।
"जनता सँग भिजेर काम गर्ने अथक सांसद भएकैले बाक्लो बस्ती भएर पनि नजिकका दुईवटा घरलाई मात्र आंशिक क्षति पुग्दा अन्य भने सुरक्षित भए", स्थानीय रमिला राईले सुनाइन् ।

ठुलो आवाजका साथ ग्याँस सिलिण्डर पड्किँदै आगोको मुस्लो बढे पछि बानेश्वर क्याम्पस सम्मै केहिबेर कोलाहल र भागदौड मच्चिएको थियो । आगलागी भएको ठाउँबाट ३०० मिटर पर सम्मका मानिसहरु आत्तिँदै घरबाट सामाग्री निकालेर बाटामा फाल्दै गरेका देखिन्थे ।
यध्यपि नेपाली सेना, शसस्त्र प्रहरी, जनपद प्रहरी र ३ वटा दमकल समयमा नै पुगेर आगो नियन्त्रणमा लिन सफल भएकाले बस्तीको संकट टरेको स्थानिय चक्र शाही ठकुरीले बताए ।
आगलागीले बेसहारा भएकी आशाको परिवारलाई पुनर्स्थापित गर्न भोलिबाटै घर बनाउन शुरु गरिने सो क्षेत्रका समाजसेवी नेता धन बहादुर अछामीले जनाए ।
कोरोना महामारीबाट बचाउनुका साथै चिसो मौसममा पिडितलाई जोगाउनु मुख्य चुनौति देखिएको वडा प्रतिनिधि हुमा आचार्यको भनाई थियो । खाध्यान्न तथा लत्ताकपडा नै नरहेकाले विशेष सहयोगका लागि वडा परिचालित हुने पनि उनले जनाइन् ।
यस्तो असहज अवस्थामा मानवीय सहयोग निकै नै महत्वपुर्ण हुने पनि उनको भनाई थियो ।

