ओलीमाथि नेपाल पक्षको दबाबः एकताका लागि तीन प्रदेशमा निसर्त समर्थन

ओलीमाथि नेपाल पक्षको दबाबः एकताका लागि तीन प्रदेशमा निसर्त समर्थन

२०७८, जेठ ३१ सोमवार

  • 1.2K
    SHARES

  • ओलीमाथि नेपाल पक्षको दबाबः एकताका लागि तीन प्रदेशमा निसर्त समर्थन

    काठमाडौं । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताका लागि ६ बुँदे प्रस्ताव गरे पनि त्यसलाई अस्वीकार गर्दै आएको माधव नेपाल पक्ष तीन दिनयता केही लचिलो देखिएको छ।

    नेपाल पक्षले एकताका लागि ओलीमाथि दबाब पनि बढाएको छ। ओलीलाई दबाब दिने रणनीतिस्वरूप नेपाल पक्षले प्रदेश १ र वाग्मती प्रदेश सरकारलाई नीति तथा कार्यक्रम पास गर्न सहयोग गर्ने भएको छ।

    विभाजनको डिलमा पुगेको एमालेलाई बचाउन नेपाल पक्षले २०७५ जेठ २ गतेको अवस्थामा फर्किनुपर्ने अडान कायम राखेरै ओली पक्षमाथि रणनीतिक दबाब सिर्जना गर्न थालेको हो। आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् । 

    नेपाल समूहको सहयोगबिना प्रदेश सरकार ढल्ने अवस्थामा पुगेको र ओली पक्ष चारैतिरबाट घेराबन्दीमा परिरहेका बेला नेपाल पक्षले गण्डकी प्रदेशमा पनि साथ दिएको थियो, वाग्मती प्रदेशमा पनि साथ दिने निर्णय गरिसकेको छ। ‘हामी सत्तापक्ष भएर पनि विपक्षीजस्तो बस्नुपर्ने अवस्था सिर्जना हुँदै थियो।

    (वाग्मती प्रदेशका) मुख्यमन्त्रीले मिल्ने आधार तय गरौं, केन्द्रलाई पनि यहींबाट दबाब दिनुपर्छ भनेपछि हामीले धेरै पक्षबारे छलफल गर्यौं’, नेपाल समूहकी नेत्री अष्टलक्ष्मी शाक्यले भनिन्, ‘मुख्यमन्त्रीले दलको बैठकमा बोलाएपछि त्यहाँ मैले हाम्रा कुरा राखें।

    त्यसपछि एकताबद्ध गरेर अघि बढ्न उहाँ सहमत हुनुभयो। प्रदेशमा पार्टीलाई एकजुट बनाएर अघि लैजान राजेन्द्र पाण्डेको नेतृत्वमा कार्यदल बनाएर समाधान खोजी गर्ने सहमति भएको छ।’ प्रदेश १ मा पनि नेपाल समूहको सहयोगका कारण आइतबार नीति तथा कार्यक्रम बहुमतले पारित भइसकेको छ।

    २०७८, जेठ ३१ सोमवार०८:२१:३६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार